भरतपुर । चितवनको भरतपुरमा रहेको ज्ञानदर्शन इङ्लिस स्कूलले एसईईको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । स्कूलका विद्यार्थी नमनबाबु चापागाईँले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् ।
३२ जना विद्यार्थी एसर्ईई परीक्षामा सहभागि भएकोमा ३।६ देखि ४ जीपीए ल्याउने ११ जना रहेको कलेजका प्रधानाध्यापक मनिस घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ११ जना,२.८ देखि ३.२ जीपीए ल्याउने ९ जना र २.४ जीपीएदेखि २.८ जीपीए ल्याउने १ जना विद्यार्थी रहेका छन् । विद्यार्थी,अभिभावक,शिक्षक कर्मचारीको मेहनतले स्कूलले उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको घिमिरेले बताउनुभयो ।



उज्यालो खबर




