गैँडाकोट। मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कुल गैैंडाकाट ११ हर्कपुरले आफ्नै सूचना संचार र प्रबिधिमैत्री एप्सकोे उद्घाटन गरेको छ । स्कुलकोे सभाहलमा भएको एक कार्यक्रमका बीच उक्त एपको उद्घाटन गरिएको हो । विद्यालयलाई समय सापेक्ष अगाडी बढाउने क्रममा उक्त एपको लञ्चपछि विद्यालयको सम्पूर्ण गतिविधिहरु एप मार्फत जानकारी लिन सकिने स्कूलका प्राचार्य राजेन्द्र प्रसाद पौडेलले बताउनु भयो ।
सो एपले विद्यालयको जानकारी सँगै शिक्षक, कर्मचारी , विद्यार्थी तथा अभिभावकहरुलाई सूचना प्रबाह गर्ने काम समेत गर्नेछ ।विद्यालयले गुणस्तरीय शिक्षा तथा प्रबिधि मैत्री बनाउनका लागि विभिन्न समयमा विभिन्न कृयाकलापहरु समेत गर्दै आईरहेको छ । विद्यालयमा प्रोजेक्टर मार्फत कक्षा संचालन देखि विद्यालयका ल्याबहरुको निरन्तर गुणस्तर पनि बृद्धि गर्दै आईरहेको छ ।
विद्यालयको आफ्नै एप सञ्चालनमा आएपछि अभिभावहरु समेत खुसी भएका छन् । आफ्ना बाबुनानीहरुको गतिविधिहरु यसरी प्रबिधिका विभिन्न माध्यमहरु मार्फत अपडेट हुँदा खुसी ब्यक्त गरेका छन् ।आजको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु, विद्यालय शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरु, अभिभावक र शिक्षकहरुको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुलाराम पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा एप्सको बारेमा प्रशिक्षण विद्यालयका सहायक प्राचार्य चुन्न पौडेलले गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक दया रेग्मीले गर्नु भएको थियो ।



उज्यालो खबर




