गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाको २८औँ स्थापना दिवशको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३८ जनाले रक्तदान गरेका छन् । संस्था स्थापना दिवशको अवसरमा गैँडाकोट र कावासोतीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३८ जनाले रक्तदान गरेको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो ।
किसान बचत तथा ऋण सहकारी संस्थाका सहसचिव दुर्गाप्रसाद चालिसेको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सुभारम्भ गैँडाकोट नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रेम प्रसाद सापकोटालाई ब्लड ब्याग दिएर गरिएको थियो ।
उता कावासोती सेवाकेन्द्र, ईन्द्रचोकमा आयोजना गरिएको २८ औं स्थापना दिवश समारोह कार्यक्रम संस्थाका उपाध्यक्ष भोजराज पौडेलको अध्यक्षता र कावासोती नगरपालिका वडा नं. २ का वडाध्यक्ष शिव प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको कार्यक्रममा १०१ पटक रक्तदान गर्ने कावासोती–१६ निवासी शिवलाल गिरीलाई व्लड व्याग हस्तान्तरण गरि बृहत खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन गरिएको किसान बचतले जनाएको छ ।
किसान बचतले संयोजन गरेको रक्तदान कार्यक्रमको सहयोगी संस्थाहरुमा सहज फाउन्डेसन नेपाल, सामाजिक विकास तथा अनुसन्धान केन्द्र, लायन्स लियो क्लव अफ गैँडाकोट मौलाकालिका र गैँडाकोट जेसीज सहयोगी संस्थाको रुपमा रहेका थिए ।




उज्यालो खबर




