×

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन दम्पत्ति आमाबुबा बन्दैछन् । बालेन पत्नी सविना काफ्लेले बुधबार इन्स्टाग्राममा आफ्ना केही तस्बिर शेयर गरेकी छन् । पोष्टमा उनको ‘बेबी बम्प’ देखिएको छ ।

मेयर शाह जुम्ल्याहा सन्तानको बुवा बन्न लागेका हुन् । विवाह गरेको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटी बुवा-आमा बन्न लागेका हुन् । होलीमा रंग लगाउँदै गर्दाको एक टिकटक भिडियो सार्वजनिक भएपछि उनीहरु आमाबुवा बन्न लागेको अड्कल काटिएको थियो ।

उक्त भिडियोमा सविना काफ्लेलाई रंग लगाई दिँदै गर्दा उनको पेटमा पनि रंग लगाइएको थियो । त्यसरी पेटमा रंग लगाएको भिडिओ देखेपछि धेरैले सविना गर्भवती भएको आशंका गरेका थियो । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

तपाईको प्रतिक्रिया