नवलपुर । नवलपुरको सेहरीमा रहेको लिटिल फ्लावर स्कुलको आयोजनामा एकमहिने निशुल्क अङ्ग्रेजी भाषा कक्षा आजदेखि सुरु भएको छ । आजदेखि एकमहिने अग्रेजी भाषाकक्षा सुरु गरिएको स्कुलले जनाएको छ ।
स्कुलले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत सेहरीका स्थानीय युवाहरु, विद्यार्थीका अभिभावक तथा अग्रेजी भाषा सिक्न चाहने २० जना स्थानीयहरु अग्रेजी भाषाकक्षा तालिममा सहभागि रहेका छन् । कार्यक्रमको पहिलो दिन परिचयात्मक कार्यक्रम समेत गरिएको छ । विहान ७ वजेबाट सुरु भएको कक्षा विहान ८ : ३० वजेसम्म सञ्चालन हुने लिटिल फ्लावर स्कुलका प्राचार्य फादर रोवीले बताउनुभयो ।
अङ्ग्रेजी भाषा लेख्न, बोल्न, पढ्न र सुन्ने कलाको विकासका लागि “स्पोकन इङ्लिस” नामक कक्षा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । फादर रोवीका अनुसार सहभागिहरुलाई कसरी शुद्धसँग प्रष्ट अङ्ग्रेजी बोल्ने भन्ने विषयमा कक्षामा बढी जोड दिइने छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका र त्यस आसपासका क्षेत्रमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने उदेश्यका साथ स्थानीयहरुको माग बमोजिम चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आफ्नो शाखा विद्यालयको रुपमा नवलपुरको सेहरीबाट सेवा दिन थालेको हो ।
आधुनिक शिक्षाका लागि सुविधासम्पन भवन र स्मार्ट बोर्ड सहित अनुभवि र तालिमप्राप्त शिक्षकहरु लिटल फ्लावर स्कुल सेहरीमा छन् ।



उज्यालो खबर




