चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ कार्यालयले आज सोमबार सरसफाई कार्यक्रम गरेको छ । गणतन्त्र दिबसको अबसरमा वडाले विभिन्न टोल, बजार क्षेत्रमा सरसफाई गरेको हो ।वडाध्यक्ष मनोज रानाभाटको नेतृत्वमा वडाका जनप्रतिनिधि, विद्यार्थी, शशस्त्र प्रहरी, नगर प्रहरी , टोल विकास संस्था, आमा समुह, रामेश्वर पुस्तकालयका सदस्य लगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।
सो क्रममा बोल्दै रानाभाटले गणतन्त्र दिबसलाई उल्लासमय वातावरण र रचनात्मक तरिकाले मनाउने योजनाका साथ सरसफाई अभियान गरिएको बताए । स्वस्थ वडा भए स्वस्थ महानगर हुने भन्दै उनले यसले समाजमा एकता र भाईचाराको सम्बन्ध स्थापित हुने बताए । ‘
गणतन्त्र दिवसमा सरसफाई गर्दा वडामा आफ्नो घरवरिपरि सरसफाई आंँफै गर्नुपर्छ भन्ने भावनाको विकास पनि हुन्छ । यसलाई सबैले निरन्तरता दिनुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।’ वडाअध्यक्ष रानाभाटले भने ।
बिहान ७ बजेदेखि वडाको नमस्ते पार्कबाट शुरु भएको कार्यक्रम शान्ति टोल, उज्यालो टोल, मितेरी टोल, आंँपटारी हुंँदै क्षेत्रपुरको फलफूल बजारमा गएर समापन गरिएको थियो । वडाले पूर्वाधार विकासको साथै नमुना टोलको रुपमा विकास गर्न सक्रिय रुपमा भूमिका खेल्दै आएको छ ।



उज्यालो खबर




