×

नवलपुर । नवलपुरको सेहरीमा स्थापना भएको लिटल फ्लावर स्कुलले शैक्षिकसत्र २०८० को नियमित कक्षा सुरु गरेको छ ।कक्षा नर्सरी, एलकेजी, युकेजी र कक्षा १ का कक्षाहरु नियमित रुपमा संचालन भैरहेको स्कुलले जनाएको छ ।

विद्यालयका प्राचार्य रोवीले विहान १० वजेदेखि अपरान्ह साढे ३ वजेसम्म नियमित रुपमा पठनपाठन सुरु गरिएको जानकारी दिनुभयो ।
आधुनिक शिक्षाका लागि सुविधासम्पन भवन र स्मार्ट बोर्ड सहित अनुभवि र तालिमप्राप्त शिक्षकहरु मार्फत स्कुलमा पठनपाठन भैरहेको उहाँले बताउनुभयो ।

बालमैत्री शिक्षण विधी,अग्रेजी भाषामा पठनपाठन, विद्यार्थीहरुको लागि बसको सुविधा, विपन्न र जेहेन्दार विद्यार्थीहरुका लागि विशेष छात्रबृतिको व्यवस्था रहेको स्कुलले जनाएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका र त्यस आसपासका क्षेत्रमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने उदेश्यका साथ स्थानीयहरुको माग बमोजिम चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आफ्नो शाखा विद्यालयको रुपमा नवलपुरको सेहरीबाट सेवाको सुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया