चितवन । नयाँवर्षको अवसर पारेर चितवनमा हेप्पी न्यू इयर म्यूजिकल नाईट २०८० को आयोजना गरिने भएको छ । स्नेहा आश्रमको सहयोगार्थ भरतपुर महानगरपालिका वडा नं। १६ शरणपुरमा म्यूजिकल नाईट आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक अनिश जोशीले जानकारी दिनुभयो ।
नववर्षको दिन बैशाख १ गते अपरान्ह ५ वजे शरणपुर झनझनेमा रहेको सेतीदेवी राइनो रिसोर्टमा हुने म्यूजिकल नाईटमा चर्चित कलाकारहरुले सांगितिक प्रस्तुती दिने जोशीले बताउनुभयो ।
कार्यक्रममा मिलन नेवार (वीथ ब्याण्ड), गायिका विन्दु परियार, हाँस्यकलाकार सुलेमान (ईकु), चर्चित लोकदोहरी गायक अलिफ खान , राजेश राई,अमर तामाङ मोडल रञ्जु सोम्यान ,सन्ध्या सानु लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।सांगितिक कार्यक्रममा रमाउनेहरुका लागि रु ३०० को टिकटको ब्ववस्था गरिएको छ ।
आयाेजकका अनुसार भरतपुरकाे सिजी ल्याण्डमार्क र शरणपुर बजारमा टिकट पाउन सकिने छ ।



उज्यालो खबर




