×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको कखरा मन्टेश्वरीले नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना आह्वान खुल्ला गरेको छ । प्लेग्रुप देखि कक्षा यूकेजी सम्मका लागि भर्ना खुल्ला गरिएको हो ।

चैत्र २० गतेदेखि बैशाख २ गतेसम्मका लागि भर्ना खुल्ला गरिएको स्कुुलका प्रवन्ध निर्देशक गणेश अधिकारीले जानकारी दिनुभयो ।
आफ्ना नानीबाबुको भर्नाका लागि अभिभावकहरुले स्कुलको लेखा शाखामा पुगेर फारम लिनसक्ने उहाँले बताउनुभयो ।

कखरामा चैत्र १९ गतेदेखि अन्तिम मूल्याकंन चलिरहेको छ ।पारिवारिक तथा बालमैत्री बाताबरणमा आजभन्दा ४ वर्षअघिदेखि सञ्चालनमा आएको कखरामा हाल करिव ८० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया