×

चितवन ।  चितवनमा विवाह व्यवस्थापनमा हुने जटिलतालाई सहज बनाउने उद्देश्यले भरतपुरमा दोश्रो विवाह प्रदर्शनी–२०७९(वेडिङ एक्स्पो) हुन भएको छ ।  दाताज इभेन्ट्स दोस्रो संस्करणको विवाह प्रदर्शनी–२०७९ ‘वेडिङ एक्स्पो’ चैत २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

३ दिनसम्म चल्ने एक्स्पोमा विवाहसम्बन्धी सामग्रीका ३० वटा स्टल राखिने दाताज इभेन्ट्सका अध्यक्ष दाताराम घिमिरेले बताए । होटल सिराइचुलीमा दाताज इभेन्ट्सको आयोजनामा एक्स्पो सुरु हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
। विवाहका लागि आवश्यक सौन्दर्य सामग्री, फोटो भिडियो, निमन्त्रणा कार्ड, सवारीसाधन, मिठाईका परिकार, पोसाकलगायत सामग्रीका स्टल राखिने उनले बताए ।

‘नेपालमै फरक खालको यो कार्यक्रम विगतमा पनि सफल बन्यो’, उनले भने, ‘त्यसैले नयाँ स्वादका लागि पनि मानिसहरु एक्स्पो हेर्न आउँछन् ।’ निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पो परिसरभित्र राखिएका स्टलसँगै तस्बिर खिच्नका लागि फूलमालाले सजाइएका विभिन्न खालका फ्रेमसमेत बनाइनेछ।

विवाहमा चाहिने फोटोग्राफी, भिडियोग्राफी, कपडा, हनिमुन प्याकेजलगायत सम्पूर्ण वस्तु तथा सेवा एक्स्पोमा उपलब्ध हुने उनले बताए । एक्स्पोको विभिन्न सेलिब्रेटीले अवलोकन गर्ने, म्युजिकल कन्सर्ट हुने, दुलही मेकअप प्रतिस्पर्धा, अवलोकनर्तालाई गिफ्टलगायत वस्तु तथा सेवाको बुकिङ गर्दा भारी छुट पाइने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया