चितवन – नेपाल मुद्रण उद्योग महासंघको नवौं साधारणसभा माघ २१ गते काठमाण्डौमा हुने भएको छ । देसभरीका करिब चार हजार भन्दा बढी मुद्रण ब्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले राष्ट्रिय अर्थतन्त्रको राम्रै हिस्सा ओगटेको मान्न सकिन्छ ।
यस संघले व्यवसायीहरुलाई स्थापित गर्न गुणस्तर सुधार, उत्पादकत्व विर्द्दी एवम् उत्पादित बस्तुको स्वदेश तथा बिदेशी बजारहरु पहिचान गरी अन्तरराष्ट्रिय क्षेत्रमा समेत पुर्याउन आफ्नो ध्यान केन्द्रित गदै आएको छ ।दुई लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिईरहेको यस मुद्रण क्षेत्रलाई व्यवस्थित गरे राजस्व विर्द्दीका कारण राष्ट्रिय अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उपसचिव अर्जुन सापकोटाले बताउनुभयाे।
विदेशमा छपाई भएर आएका तयारी बस्तुभन्दा देशभित्रै छपाईका लागि आउने कच्चा पदार्थमा भन्सार दर बढी भएका कारण हाम्रा उद्योगहरु गार्हो अवस्थामा छन् । यो समस्या समाधानमा राज्यले सहयोग गरे स्वदेशी मुद्रण उधोगहरु स्थापित हुने थिए र हाम्रा उत्पादनहरुले पनि अन्तरराष्ट्रिय जगतमा प्रतिशप्रधात्मक बजारको सिर्जना समेत गर्न सक्ने उनले बताउनुभयाे ।



उज्यालो खबर




