चितवन । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नारायणगढ शाखाले मृतक गैंडाकोटकी बविता बोटेलाई दश लाख स्रोह हजार रुपैयाँ मृत्यु दावि भुक्तानी एक कार्यक्रम गरि हस्तान्तरण गरेको छ । पाँच लाख बिमाङ्कको २० बर्ष अवधिको रिलायवल सावधिक जिवन बिमा गराएका उनले ३५ हजार रुपैयाँ मात्रै बुझाएकाे नारायणगढ शाखा प्रमुख रमेश आचार्यले बताउनु भयाे । उनकाे केहि समयअघि नारायणी नदीमा डुबेर ज्यान गएकाे थियाे ।
बिमा वापतकाे रकम बुझ्दै श्रीमती बबिताले प्राप्त रकमले छोराछोरीको लालनपालन र भबिस्य निर्माणमा सहयोग पुग्ने बताइन । श्रीमानको निधन भएपछि अब के गर्ने होला ? भन्ने पिर आफूलाई लागेको बताउदै श्रीमानले बेलैमा बिमा गरेका कारण सो रकमले परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लाइ धन्यवाद दिएकी थिन ।
मृतक प्रति शोक व्यक्त तथा मृत्युु दावि भुक्तानी कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स गैंडाकोट प्रमुख नारायण पौडेल , नारायणगढ शाखा प्रमुख रमेश आचार्य , चितवन रिजन हेड राजेन्द्र पौडेल , एजेन्सि म्यानेजर दुर्गा पौडेल, प्रकाश थापा लगायतको उपस्थिति थियो ।



उज्यालो खबर




