×

गैंडाकोट। गैंडाकोट ५ का  समाजसेवी गजेन्द्रराज न्यौपानेले ह्वीलचेयर  हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । न्यौपानेले विगत २ महिनादेखि पक्षघात भएकी ८० वर्षिया स्थानीय रुकमाया गुरुङलाई व्हिलचियर हस्तान्तरण गरेर आइतबार परेको जन्मदिन मनाउनु भएको हो ।

न्यौपाने सँगै कार्यपालिका सदस्य शान्ति न्यौपाने र वडा सदस्य उषा परियार लगायतका स्थानीय समाजेवीहरुले वडा नं ५ को गुरुङ मार्गमा रहेको रुकुमाया गुरुङको निवासमै पुगेर ह्वीलचेयर  हस्तान्तरण गर्नुभएको हो ।

गजेन्द्रराज न्यौपाने गैंडाकोट नगरपालिका की कार्यपालिका सदस्य शान्ति न्यौपानेका श्रीमान हुनुहुन्छ ।  पक्षघातले थलिएकी बृद्धालाई देखेपछि ह्वीलचेयर  दिन मन भएकोले आज परेको श्रीमानको जन्मदिनको अवसर पारी ह्वीलचेयर  दिएको कार्यपालिका सदस्य न्यौपानेले बताउनु भयो ।

तपाईको प्रतिक्रिया