गैंडाकोट । उपभोक्ताहरुको गुनासो र सुझाव सुन्नकालागि नमुना शिवनगार खानेपानीतथा सरसफाई संस्थाले संचालनमा ल्ल्याएकाे टोल फ्रि नम्बरको सुभारम्भ भएको छ । नगरप्रमुख छत्रराज पौडेलले संस्थाको कार्यालय परिसरमा आयोजित एक समारोहका बीच टोल फ्री नम्बरको शुभारम्भ गर्नुभएको हो ।
नगर प्रमुख पौडेलले संस्थाको टोल फ्री नम्बरमा फोन गरेरमंगलवार शुभारम्भ गर्नुभएको हो । टोल फ्री नम्बरमा फोन गर्दा उपभोक्ताहरुले शुल्क तिर्नु पर्दैन ।अव संस्थाका उपभोकाहरुले आफ्ना गुनासाहरु संस्थाको टोल फ्री नम्बर १६६० – ०२ – ७५ २१ १ ० मा २४ सै घण्टा निशुल्क गर्न सक्ने छन् ।
संस्थाका अध्यक्ष शुभाष चापागाईले टोल फ्री नम्बरमा कल गर्दा लाग्ने शुल्क संस्था आफैले तिर्ने जानकारी दिनुभयो । अध्यक्ष चापागाईले यसप्रकारको सेवा नगरमा पहिलोपटक आफुहरुलेसंचालनमा ल्याएको बताउनु भयो ।



उज्यालो खबर




