×

गैंडाकोट । गैंडाकोट जेसीजको आयोजनामा होली मिलन एवम फुटसल कार्यक्रममा सम्पन्र भएको छ । सदस्य र कार्यसमिति बिच भएको पहिलो खेलमा कार्यसमितिे टिम बिजय भएको थियो ।त्यसैगरी निर्देशक र पूर्व अध्क्षय बिच भएको दोस्रो खेलमा निर्देशकको टिम बिजय भएको थियो ।कार्यसमिति र निदेशक टिम बिच भएको फाइनल खेलमा निदेशक टिम बिजय भएको छ । खेलमा शंकर अधिकारी र सविन घिमिरेले ह्याट्रिक गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद संघ नवलपुरका अध्यक्ष सेतमान पुनले जेसीजले खेल संगै युवाहरुको ब्यक्तित्व विकासका लागि गरेको कामको तारिफ गर्नुभयो ।कार्यक्रममा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले जेसीजले बिगतमा पनि गैंडाकोटमा रहेका खेलाडीहरुसंग सहकार्य गर्दै कार्यक्रमहरु गरेको स्मरण गर्दै आगामी दिनहरुमा पनि सहकार्य गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।

त्यसैगरि कार्यक्रममा जिल्ला खेलकुद संघ नवलपुरका महासचिव लक्ष्मण कार्कीले खेलकुदले ब्यक्तिको मात्र नभई समग्र समाजको नै बिकास गर्ने भएकाले युवाहरुले खेलप्रति मोह देखाउनु सकारात्मक भएको बताउनुभयो ।कार्यक्रममा गैंडाकोट जेसीजका पुर्व अध्यक्ष गणेश शर्मा पौडेल,भानुभक्त रिमाल,कृष्णहरी सापकोटा,रमेश काफ्ले,निवर्तमान अध्यक्ष दया सापकोटा लगायतका अतिथिले फागु पुर्णिामाको शुभकामना व्यक्त गर्नुभएको थियो । वर्ष २०२२ का महासचिव रोजन घिमिरेले सहजीकरण गर्नुभएको औपचारिक कार्यक्रम गैंडाकोट जेसीजका अध्यक्ष शंकर अधिकारी को सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया