×

भरतपुर – रंगहरुको पर्व फागु पूर्णिमाको अवसरमा भरतपुरमा ‘होली उत्सव २०७८’ हुने भएको छ । चैत ४ गते शुक्रबार भरतपुर महानगरपालिका ९ शरदपुरस्थित फोर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युमा होली उत्सव हुने भएको हो ।

होली उत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको उपस्थिति रहने आज पार्टी भेन्युमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियारको बिशेष प्रस्तुती रहने पार्टी भेन्युका अध्यक्ष नविन पुरीले जानकारी दिए ।

परियारसँगै गायक भुवन प्यासी, ट्र्याङ्गल ब्याण्ड, डिजे निक्ज, डिजे बि(मर्शलगायतको पनि प्रस्तुति रहनेछ । कार्यक्रम पार्टी भेन्यु परिसरमा नै बिहान ११ बजेबाट सुरु हुने पुरीले बताए । कार्यक्रम साँझ ६ बजेसम्म चल्नेछ ।

कार्यक्रममा प्रवेशका लागि तीन सय रुपैयाँको टिकट शुल्कको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार पार्टी भेन्यु परिसर भित्र कार्यक्रम आयोजना हुने भएकोले पाँच सय भन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै २५ जना सेक्युरिटी गार्ड परिचालन गरिने समेत पुरीले जानकारी दिए । होलीलाई बिशेष बनाउनुका साथै पार्टी भेन्युको प्रचार प्रसारका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।

 

तपाईको प्रतिक्रिया