गैँडाकोट । अखिल नेपाल महिलासंघ गैँडाकोट ८ को अध्यक्षमा सवि खबास चयन हुनुभएको छ । नेकपा एमालका जिल्ला सदस्य गोपाल गौतमको प्रमुख आतिथ्यता तथा अखिल नेपाल महिलासंघका अध्यक्ष कोपिला अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले खवासको अध्यक्षतामा ३१ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरेको नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो ।
कमिटीको उपाध्यक्षमा जमुना सुवेदी, सचिवमा शोभा शर्मा अधिकारी, उपसचिवमा सिता सुवेदी र विमला सापकोटा चयन हुनुभएको उहाँले बताउनुभयो । स्थानीय निकायकाे निर्वाचन नजिकिदै गएपछि महिलाहरुलाई कृयाशिल बनाउदै संगठन बलियाे बनाउन वडा तहमै अनेमसंघकाे कमिटी गठन गरिएकाे हाे ।
वडा कमिटीका सदस्यहरुमा निर्मला शर्मा, इन्दु कलि परियार,पुष्पा घिमिरे, गायत्री पौडेल, तुलसी कुवंर, पुष्पा रिजाल, सुजाता पौडेल, जमुना शर्मा पौडेल, सुरक्षा अधिकारी, आत्म कुमारी शर्मा पौडेल, लक्ष्मी शर्मा, सिता वाग्ले, अनिता पराजुली, खिमा वन, मिना रिजाल, सिता उपाध्याय, शान्ती पौडेल, सिता रोका, कमला थापा, शर्मिला पौडेल, कला लामीछाने,जानकी अधिकारी,मैना कंडेल, सिता पौडेल, चन्द्रकला नेपाली र इन्दिरा तमाङ रहनुभएको छ ।



उज्यालो खबर




