गैंडाकोट । पारिजात टोल बिकास गैँडाकाेट ५ काे तेस्रो अधिवेशनले अर्जुन शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे उपाध्यक्षमा बेद प्रसाद गौतम , सचिवमा भिमा देवकोटा सापकोटा ,कोषाध्यक्षमा कमला बसौला रहनुभएको छ । त्यसैगरी सह सचिवमा सरस्वती अधिकारी र सह- कोषाध्यक्षमा तारा शर्मा (सापकोटा) निर्बिरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा केशब भट्टराई ,बालकृष्ण भट्टराई,दामोदर तिवारी(ख),पुष्पराज भुसाल ,ऋषिराम सापकोटा,अमृता बि क,तारानाथ सापकोटा निर्वाचित हुनुभएको छ ।
अधिवेशनले लेखा समिति संयोजकमा सीता शर्मा पोख्रेल र सदस्यमा तारा शर्मा ढुंगानालाई चयन गरेको छ भने सल्लाहकार समितिको संयोजकमा कुलनाथ कंडेल रहनुभएको छ साथै सदस्यमा लक्ष्मण कंडेल,गोमा तिवारी र भुपेन्द्र कुवर रहनुभएको नवनिर्वाचित अध्यक्ष अर्जुन शर्मा पौडेलले जानकारी दिनुभयो ।
साधारण सभामा संस्थामा अध्यक्ष गोबिन्द प्रसाद पौडेलले संस्थाले गरेका कार्यहरुको विवरण जानकारी गराउनुभएको थियो भने सचिव तथा कोषाध्यक्षले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



उज्यालो खबर




