चितवन- आरम्भ कलेजले उत्कृष्ट शैक्षिक नतिजामार्फत चितवनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ। त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले होटल व्यवस्थापन तथा सूचना प्रविधि व्यवस्थापन विषयको चौथो सत्रको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै जिल्ला उत्कृष्ट बन्न सफल भएका हुन्।
होटल व्यवस्थापनतर्फ सन्ध्या गोलेले ३ दशमलव ८८ एसजिपिए प्राप्त गरी जिल्ला प्रथम स्थान हासिल गरेकी छन्। त्यसैगरी नेबिका मैनाली ले ३ दशमलव ८३ एसजिपिएसहित दोस्रो तथा ङवाङ बामजान तामाङ ले ३ दशमलव ८० एसजिपिएसहित तेस्रो स्थान प्राप्त गरेका छन्।
सूचना प्रविधि व्यवस्थापनतर्फ ओजस्वी आचार्यले ३ दशमलव ८३ एसजिपिएसहित जिल्ला प्रथम बन्न सफल भएकी छन्। त्यस्तै अङ्गिता अधिकारी ले ३ दशमलव ८१ एसजिपिएसहित दोस्रो तथा बिपल श्रेष्ठ ले ३ दशमलव ७४ एसजिपिएसहित तेस्रो स्थान हासिल गरेका छन्।
निरन्तर उत्कृष्ट नतिजा, अनुभवी शिक्षक, व्यवहारिक शिक्षण पद्धति, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण आरम्भ कलेज छोटो समयमै गुणस्तरीय शिक्षाको विश्वासिलो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। कलेजका प्राचार्य सुरज शिवाकोटी ले विद्यार्थीको मेहनत, अभिभावकको विश्वास र कलेजको शैक्षिक वातावरणका कारण यस्तो उपलब्धि सम्भव भएको बताउनुभयो।
भरतपुर मा रहेको कलेजले होटल व्यवस्थापन तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। पछिल्लो नतिजाले कलेजको शैक्षिक गुणस्तर थप प्रमाणित गरेको सरोकारवालाहरूको भनाइ छ।



उज्यालो खबर