काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल ले मन्त्रिपरिषद्को निर्णयलाई प्रतिशोधपूर्ण भन्दै फिर्ता लिन माग गरेका छन्।
गौरी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै एमालेका नेता तथा कार्यकर्ताहरूले विरोध जनाइरहेका छन्। यसै सन्दर्भमा पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर र मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’ भन्ने माग गरेका हुन्।
यसअघि एमाले सचिव महेश बस्नेत ले पनि मन्त्रिपरिषद्को निर्णय अस्वीकार गर्दै सरकारको कदमप्रति कडा टिप्पणी गरेका थिए। उनले प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड र राजनीतिक प्रतिशोध लिन खोजे देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम हुने चेतावनी दिएका छन्।
यता नवनियुक्त बालेन शाह नेतृत्वको सरकारले सुरक्षा संयन्त्रसम्बन्धी सिफारिसहरूमा अध्ययन समिति गठन गर्ने तथा अन्य विषयमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ।
सरकारको उक्त निर्णय र त्यसप्रति प्रमुख प्रतिपक्ष दल एमालेको विरोधबीच राजनीतिक विवाद थप चर्किने संकेत देखिएको छ।



उज्यालो खबर




