×

गैँडाकोट- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ ले आफ्नो क्षेत्रका विभिन्न तर्फका उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ। क्षेत्रीय समितिका सभापति अमृत भट्टचनका अनुसार प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा समानुपातिक—तीनै तर्फका नामावली आधिकारिक रूपमा पार्टी केन्द्रमा पठाइएको हो।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभा उम्मेदवारको पहिलो नम्बरमा डा. शंशाक कोइराला (बीपी कोईरालाका पुत्र) को नाम सिफारिस गरिएको छ। साथै महेन्द्रध्वज जिसी, गजेन्द्र बहादुर आले, ओम सापकोटा, अमृत भट्टचन, ओमकला चालिसे, बालकृष्ण घिमिरे, हेमराज कोइराला, अमृत श्रेष्ठ र दाताराम घिमिरेको नाम  सिफारिस सूचीमा समावेश गरिएको छ।

त्यसैगरी राष्ट्रिय सभा तर्फ कृष्णचन्द्र नेपाली दोर्णवन सन्यासी र भानु सिग्देललाई केन्द्रमा सिफारिस गरिएको बताइएको छ।

समानुपातिक सूचीमा भने सत्यनारायण खनाल, विष्णु पाण्डे, धनबहादुर राना मास्के, टोलनाथ घिमिरे, सङ्गीता घिमिरे, सरस्वती तिमिल्सेना र शान्ति न्यौपानेको नाम समावेश छन्। क्षेत्रीय सहसचिव तेजप्रसाद घिमिरेका अनुसार सबै नाम पार्टीको प्रदेश तथा केन्द्रिय प्रक्रियाअनुसार पठाइएको हो।

तपाईको प्रतिक्रिया