×

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।

आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि मंसिर १५ गते केन्द्रीय समितिले कार्यतालिका सार्वजनिक गरेको थियो। सो कार्यतालिकालाई औपचारिकता दिँदै महामन्त्री थापाले आफू सभापति बन्ने निर्णय सार्वजनिक गरेका हुन्।

हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्न का लागि पत्रकार निमेष बञ्जाडेसँगको अन्तर्वार्तामा थापाले भने,
“म १५औं महाधिवेशनको सभापति पदको उम्मेदवार हुँ। नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ।”

पार्टीभित्र लामो समयदेखि नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस चलिरहेका बेला थापाले सभापति पदमा उम्मेदवारी घोषणा गरेपछि आगामी महाधिवेशन थप प्रतिस्पर्धी र रोचक हुने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया