×

चितवन – बालकुमारी कलेज का प्रमुख जगदिश्वर खनालको आज साँझ भरतपुरमा उपचारका क्रममा ६१ वर्षको उमेरमा निधन भएको छ  ।  उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो।खनाल विगत लामो समयदेखि शिक्षाशास्त्र र समाजसेवामा सक्रिय रहँदै आउनु भएको थियो। उहाँको निधनले कलेज र स्थानीय समुदायमा गहिरो खालीपन सिर्जना गरेको छ।

उहाँको परिवारमा श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ। पारिवारिक स्रोतका अनुसार, उहाँको पार्थिव शरीर भोलि बिहान ७:३० बजे पवित्र तिर्थस्थल देवघाटधाममा अन्त्येष्टी गरिनेछ।शैक्षिक र सामाजिक क्षेत्रमा उहाँले पुर्‍याएको योगदान सदैव स्मरणीय रहनेछ। दुःखको यस घडीमा परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिन्छ।

तपाईको प्रतिक्रिया