×

काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका वडानम्बर ७ नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए ।

उनीहरुको सन्धिखर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको शर्माले बताए ।

तपाईको प्रतिक्रिया