गैँडाकोट — नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
धादिङबाट कावासोतीतर्फ जाँदै गरेको लु ३ च ४९४८ नम्बरको बलेरो जीप बिहान १:४२ बजे अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको लु २ ख १३५४ नम्बरको ट्रकको पछाडिबाट ठोक्किएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, बलेरो चालक निदाएका कारण दुर्घटना भएको हो।
दुर्घटनामा कावासोती नगरपालिका–७ गैँह्री बस्ने ४८ वर्षीया केशमाया गन्द्रमा मगर दाहिने खुट्टामा चोट लागेर घाइते भएकी छन्। उनीसँगै रहेकी सात वर्षीया नातिनी मिनु गन्द्रमा मगरको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ।स्थानीय प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



उज्यालो खबर




