×

न्युयोर्क-  चितवनका युवा व्यवसायी तथा Rotary Club of Chitwan का Public Image Committee Chair सिरिस पन्तले अमेरिकामा नेपालको पर्यटन, संस्कृति तथा सामाजिक सेवा क्षेत्रमा प्रभावशाली प्रस्तुति दिएका छन्। हालै Pennsylvania स्थित Sayre-Athens Rotary Club को बैठकमा सहभागी हुँदै उनले विशेषगरी चितवनको विविध पक्षबारे जानकारी गराएका हुन्।

बैठकमा पन्तले चितवन रोटरी क्लबमार्फत स्थानीयस्तरमा सञ्चालित सामाजिक सेवा गतिविधिहरूको जानकारी गराउँदै नेपाल–अमेरिका बीच रोटरी नेटवर्कमार्फत सहकार्यको सम्भावनालाई उजागर गरे। साथै, चितवन उद्योग वाणिज्य संघले प्रकाशन गरेको आकर्षक टुर गाइड बुक बैठकमा उपस्थित सदस्यहरूलाई उपहारस्वरूप प्रदान गरियो। बैठकमा रोटरी क्लवका अध्यक्षलाई ढाका टोपी लगाइदिएर उनले नेपाली सांस्कृतिक पहिचानप्रतिको आदर पनि व्यक्त गरे।

बैठकको एक विशेष क्षणमा चितवन रोटरी क्लबका अध्यक्षले Sayre-Athens Rotary Club का लागि पठाउनु भएको शुभकामना सन्देश (greetings letter) पनि पन्तद्वारा सार्वजनिक रूपमा वाचन गरिएको थियो, जसले दुवै क्लबबीच भावनात्मक सम्बन्ध र भविष्यको सहकार्यलाई थप सुदृढ बनाएको थियो।

कार्यक्रममा  पन्तकी जीवनसङ्गिनी समेत रहनु भएकी Spouse Club of Rotary Club of Chitwan की Executive Member प्रियंका घिमिरे पनि सहभागी हुनु भएको थियो। साथै, चितवन भरतपुर–१२ निवासी, तर हाल Guthrie Hospital, Pennsylvania मा ग्यस्ट्रो सर्जनको रूपमा कार्यरत डा. सुभाष घिमिरेको समेत उपस्थिति रह्यो।

पन्तले अबको केही दिनभित्र Pennsylvania को Chamber of Commerce तथा त्यहाँका Mayor सँग औपचारिक भेटघाट गरी चितवन पर्यटनको बारेमा जानकारी दिने र नेपाल भ्रमणको औपचारिक निम्तो प्रस्तुत गर्ने योजना रहेको जानकारी गराएका छन्।

यस किसिमका अन्तर्राष्ट्रिय भेटघाट, संवाद र सहकार्यले चितवन मात्र नभइ सम्पूर्ण नेपालको पर्यटन, सामाजिक सेवा र अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक ऊर्जा थप्ने विश्वास लिइएको छ। यस्ता पहलकदमीहरू नेपाललाई विश्वसामु थप नजिक ल्याउने उदाहरण बन्नेछन्।

तपाईको प्रतिक्रिया