×

गैँडाकोट – नवलपुरको गैँडाकोटमा भएको कार दुर्घटनामा ३ जना घाइते भएका छन्। गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी स्थित पूर्वपश्चिम राजमार्गमा गोरखाबाट सुर्खेत तर्फ जादै गरेको बा ३ च ७९८ नम्बरको कार दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

घाइतेहुनेहरुमा कार चालक गोरखा शहिदलखन गाउपालिका वडा नं. ७ बस्ने ५१ वर्षका एकलाल श्रेष्ठ, गोरखा नगरपालिका वडा नं. ११ घर भएका ६८ वर्षका गंगालाल श्रेष्ठ र ५५ बर्षिया विमला श्रेष्ठ रहेको नवलपुर प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।गएराति साढे ९ वजे सडकमा गुडीरहेको कार सडक किनारमा रहेको गीट्टीको थुप्रोमा चढ्न पुग्दा सो दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया