गैँडाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषद एकताको महाधिवेशनबाट नवलपुरको गैँडाकोटका चिन्तामणी सापकोटा र तिलक गैरे सचिव पदमा निर्वाचित हुनुभएको छ ।
काठमान्डौको हायात रिजेन्सीमा आयोजित महाधिवेशनले सापकोटा र गैरेलाई आगामी साढे २ वर्षका लागि सचिव पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सापकोटा विगत २२ वर्षदेखि आफ्नै व्यवसायमा कृयाशिल हुनुहुन्छ । सचिव पदमा निर्वाचित गैरे लामो समयदेखि पोर्चुगलमा रहनुभएको छ ।
सचिव पदमा निर्वाचित चिन्तामणी सापकोटा नेपाली जनसम्पर्क समिति स्पेनको संस्थापक अध्यक्ष, महासमिति सदस्य, गैरआवासीय नेपाली संघ स्पेनको पूर्व अध्यक्ष, केन्द्रीय सदस्य, युरोप संयोजक हुदै अहिले सचिवको नेतृत्वमा पुग्नुभएको हो ।विदेशमा रहेका नेपालीहरुलाई नेपालको समृद्धिसँग जोड्न आफुले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले संस्थागत पारदर्शिताका लागि समेत आफुले काम गर्ने बताउनुभयो ।
महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको थियो ।नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बुद्धिसागर सुवेदी , सुनिल कुमार साह, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) र विश्वास दीप लिम्बु (तिगेला) निर्वाचित हुनुभएको छ ।



उज्यालो खबर




