×

कावासोती । बाबुआमाले कुटापिट र लछारपछार गर्दा नवलपुरको बौदीकालीमा ४ महिने शिशुको मृत्यु भएको छ ।बौदिकाली-१ अर्मलेमा बाबू दिपेन्द्र परियार र आमा कमला परियारले गए राती मादक पदार्थ सेवन गरी चार महिने छोरा लाई लछारपछार गर्दा शिशु गम्भीर घाईते भएका थिए ।

गम्भीर घाइते शिशुको पाल्पाको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले बताए ।मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेर भागेका थिए ।

घाईते अवस्थामा शिशुलाई देखे पछि हजुरबुबाले स्थानीयको सहयोगमा उपचारको लागि रामपुर अस्पताल पाल्पा पुर्‍याएका थिए ।शिशुको हत्यामा संलग्न रहेका २१ वर्षीय बाबु दीपेन्द्र परियार र ३५ वर्षीय आमा कमला परियार अहिले प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भैरहेका डिएसपी नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया