×

गैँडाकोट –पूर्वी नवलपरासीको गैँडाकोटमा १४ मा रहेको विजयज्योति आधारभूत विद्यालयले नगरस्तरीय आधारभूत तहको बार्षिक परिक्षामा सतप्रतिशत नतिजा हाँसिल गरेको छ ।चैत्र ८ गतेदेखि १६ गतेसम्म लिइएको आधारभूत तहको (बीएलई) परिक्षामा सहभागि १५ जना विद्यार्थीहरु उर्तिण भएको स्कुलले जनाएको छ ।

बिजयज्योति आधारभूत विद्यालयका प्रधानाध्याक झलकराज पौडेलले कक्षा ८ को बार्षिक परिक्षामा सहभागि भएका १५ जना विद्यार्थीहरु सबै उर्तिण भएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।

उतिर्ण भएका विद्यार्थीहरु मध्ये ६ जनाले ३.६ देखि ४ जीपीए, ४ जना विद्यार्थीले ३.२ देखि ३.६ र ५ जना विद्यार्थीहरुले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । गैँडाकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय गरि ३८ वटा विद्यालयहरु सहभागि भएकोमा ३७ विद्यालयहरुलाई उछिन्दै बिजयज्योति आधारभूत विद्यालयले रेर्कड ब्रेक गर्न सफल भएको हो ।

गैँडाकोट क्षेत्रका सामुदायिक विद्यालयहरु मध्ये पञ्चज्योति आधारभूत विद्यालयका १३ जना, अम्मर ज्योति माविका ४ जना, लक्ष्मी माध्यामिक विद्यालयका २० जना, महेन्द्र स्मारक आधारभूत विद्यालयका १३ जना, विजय आधारभूत स्कुलका ९ जना, जनक माध्यामिक विद्यालयका ५३ जना, कालिका माध्यामिक विद्यालयका ८४ जना, कृष्णगण्डकी माविका ३५ जना, नारायणी माध्यामिक विद्यालयका १६ जना, नेराश माविका ६२ जना, जनता माविका ४७ जना र रत्नराज्यलक्ष्मी माविका २८ जना विद्यार्थीहरु अनुतिर्ण भएका छन् ।

प्राप्त नतिजा अनुसार गैँडाकोटका संस्थागत विद्यालयहरु मध्ये गैँडाकोट इङलिस स्कुलका ११ जना , युनिक इङ्लिस बोडिङ स्कुलका ४ जना अम्मर ईङ्लिस सेकेन्डरी बोडिङ स्कुलका ४ जना विजय सामुदायिक शिक्षा सदनका १४ जना, गैँडाकोट नमुना माविका ११ जना, सरस्वती निकेतनका ९ जना, साइनिङ बोडिङ इङ्लिस स्कुलका १५ जना, बालबिकास इङ्लिस बोडिङ स्कुलका १५ जना, कन्टीनेन्टल इङ्लिस बोडिङ सेकेन्डरी स्कुलका ५ जना ,अक्सफोर्ड सेकेन्डरी स्कुलका १२ जना, ज्ञानकुन्ज इङ्लिस बोडिङ सेकेन्डरी स्कुलका १५ जना, स्मर्लहर्ट एकेडेमीका ६ जना, सूर्योदय विद्या मन्दिरका ३ जना,मुकुन्दसेन बोडिङ स्कुलका १० जना र किड्स होम एकेडेमीका ४ जना विद्यार्थीहरु अनुतिर्ण भएका छन् ।

आधारभूत तह (कक्षा ८) को बार्षिक परिक्षामा १५७४ जना विद्यार्थीहरु सहभागि भएका थिए । ३ विषय सम्म लागेका विद्यार्थीहरु बैशाख १२ १३ र १४ गते सञ्चालन हुने ग्रेडबृद्धि परिक्षामा सहभागि हुन पाउने गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डा.बालकृष्ण चापागाइले बताउनुभयो ।

तपाईको प्रतिक्रिया