×

गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा स्कुटरको ठक्करबाट एक महिला घाइते भएकी छिन् । गैँडाकोट नगरपालिका वडा नं. ८ विजयचोकमा पश्चिमतर्फ जादै गरेको प्र नं. ३-०३ -०० १ प ११३५ नम्बरको स्कुटरको ठक्करबाट स्थानीय ६८ बर्षिया मनकुमारी ढकाल घाइते भएकी हुन् ।
घाइते ढकालको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र स्कुटर तथा त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्याललय गैँडाकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया