×

काठमाडौँ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।अस्पतालको औषधि आपूर्तिकर्ता कम्पनी एप्लस मेडिकोलाई दिनुपर्ने रकम भुक्तानीका लागि घुस मागेकी कोइरालालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रामबहादुर थापाको इजलासले अमृताले ६ लाख भ्रष्टाचार गरेको ठहर गरेको छ ।

तपाईको प्रतिक्रिया