
भरतपुर – सन्चारिका समूह चितवनको नयाँ कार्यसमिति चयन भएको छ । आज (सोमबार) पत्रकार महासंघ चितवन शाखाको सभाहलमा भएको चौथो अधिवेशनले गिता गुरुङको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।अधिवेशनले समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शिला पाठक, कोषाध्यक्षमा अस्मिता पराजुली र सह सचिवमा सविता दराईलाई चयन गरेको हो ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा आश्मा राई, श्रीजा थापा, सविता महतो, पुनम थापा मगर, करिस्मा गुरुङ यात्री छिदाल, संगिता वानिया, दिपा गौतम, दिप्ती विक र वन्दना देवकोटा रहेका छन् ।अधिवेशन सन्चारिका समुह चितवनका निवर्तमान अध्यक्ष अजिता अधिकारिको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरिन् ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघकी सचिव एवम् सन्चारिका समूह चितवनकी संस्थापक अध्यक्ष सृजना अर्याल, न्युनतम पारिश्रमिक निर्धारण समिती बोर्ड सदस्य शान्ता अधिकारी, पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, सचिव राजेश घिमिरे, प्रेस युनियन चितवनका उपाध्यक्ष सिन्धु ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष दिप्ती विक र डब्लुडब्लु जे की अध्यक्ष सरिता पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।