×

काठमाडौं । नागार्जुन नगरपालिका–७ स्युचारस्थित हसनटार र गौतम गाउँको सिमानामा पर्ने एक टहोरोमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।आगलागीबाट लत्ताकपडा लगायत घरायसी समानहरु र टहरा जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

शनिबार राति ९ः४० बजे कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको एक तले कच्ची लामो टहरामा आगलागी भएको थियो ।आगलागीको खबर पाउनासाथ प्रहरी वृत्त कालिमाटीबाट डीएसपी रुपेश खड्काको कमाण्डमा टोली खटिएको थियो ।प्रहरी, स्थानीय, ललितपुर र काठमाडौं महानगरका चार दमकलको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट काठका सामान, कपडा, भाँडाकुडाहरु जलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया