×

 

चितवन-  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएपछि उनका समर्थकहरु आक्रोशित बनेका छन् । आदेशको विरोधमा जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीसले भोलि फेरि हाजिर हुने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको भन्दा फरक आदेश गरेको भन्दै समर्थकहरु असन्तुष्ट बनेका हुन् ।उनीहरु जिप्रका चितवन अगाडि सरकार र प्रहरीको विरोधमा नारावाजी गरिरहेका छन् । रविलाई प्रहरीले जिप्रकामा लगेको छ ।

तपाईको प्रतिक्रिया