×

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ ।

तपाईको प्रतिक्रिया