
गैँडाकोट – राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशन शनिबार गैँडाकोटमा हुने भएको छ । गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा आयोजना हुने अधिवेशनको तयारी पुरा भएको जिल्ला अध्यक्ष कृष्ण कंडेलले जानकारी दिनुभयो ।
अधिवेशनको विहान ११ वजे एक समारोहका विच राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय अध्यक्ष क्षितीज थेवेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दशौ जिल्ला अधिवेशनका लागि आयोजक कमिटी र जिल्लाका पालिकाहरुबाट गरि २२८ जना प्रतिनिधीहरु छनौट गरिएको कडेलले बताउनुभयो ।
अधिवेशनले आगामी २ वर्षका लागि ४१ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।