×

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे सुरु हुने खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । यस्तै दिउँसो १ः१५ बजे सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने–सामने हुँदैछन् ।

यसैगरी अर्को खेलमा सन्दीप लामिछाने नेत्तृत्वको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । लगातार दुई खेल हारेपछि विराटनगर जित्नैपर्ने दबाबका बीच मैदानमा उत्रँदैछ । अर्कोतिर नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।

जारी प्रतियोगितामा दुई खेल खेलिसक्दासमेत सन्दीपले कुनै विकेट लिन सकेका छैनन् । यसले गर्दा उनी झनै दबाबमा छन् । यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछन् । कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन् । एनपीएल कीर्तिपुरको त्रिवि मैदानमा यही मंसिर १५ गतेदेखि जारी छ ।

तपाईको प्रतिक्रिया