![](https://www.ujayalokhabar.com/wp-content/uploads/2024/11/hari-sir-1-1.jpg)
गैँडाकोट – अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ईन्जिनियर हरी भण्डारीले विद्यावारिधी उपाधी हासिल गर्नुभएको छ। विगत लामो समयदेखि शिक्षाक्षेत्रमा कृयाशील रहनुभएका भण्डारीले विद्यावारिधी उपाधी पाएपछि उहाँको परिचय डाक्टर भण्डारीका रुपमा सुरु भएको छ ।
भण्डारीले “The Role of Information on Decision Making in Technicial Institutions in Nepal ” शिर्षकमा अनुसन्धान गर्नुभएको थियो ।
भारतको राजस्थानमा रहेको मेवार विश्वविद्यालयमा आयोजित एक विशेष समारोहमा भण्डारीलाई विद्यावारिधीको उपाधी प्रदान गरिएको हो । सुचनाको मर्म र मुृल्य बुझ्न नसक्नुका मानिसहरुले गर्ने निर्णय सहि हुन नसक्दा असफल हुने कुरालाई सही ढंगबाट निर्णय गर्नसक्ने विषयबस्तु उहाँले गर्नृुभएको सोधको निश्र्कष हो ।
शिक्षा क्षेत्रका सफल हस्ती भण्डारीले भारतको चेन्नईबाट इलेक्ट्रोक्निस एण्ड कम्युनिकेशनमा ईन्जिनियरिङ, चेन्नईबाट पोष्ट ग्राईजुएटमा कम्प्युटर स्पेशलाइजेशन, दिल्लीको इन्दिरागान्धी विश्वविद्यालयबाट एबीए, राजधानीको शंकरदेव क्याम्पसबाट एमबीएस तथा पीएचडी गरेकै मेवार विश्वविद्यालयबाट एमफिल यसअघिनै गरिसक्नुभएको छ ।