×

गैँडाकोट – नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज)  ले पुनः अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । अष्ट्रेलियाको  राजधानी क्यानभेरामा आयोजित एक विशेष समारोहमा कलेजलाई बेष्ट कलेज अफ द इयर २०२४ बाट सम्मानित गरिएको हो ।

१७ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको अंग्रेजी म्यागाजिन कलेज रिर्डसले अष्ट्रेलियन नेशनल युनिर्भसीटी क्यानभेराको सभाहलमा आयोजना गरेको कार्यक्रममा कलेजलाई सो अवार्ड प्रदान गरिएको कलेजका प्राचार्य प्रोफेसर ईन्जिनियर हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
कलेजले दिएको गुणस्तरीय शिक्षा, समाजलाई पुर्याएको  योगदान तथा दक्ष जनशक्ति उत्पादनमा कलेजले गरेको उल्लेख उपलव्धी लगायतलाई आधार बनाएर अक्सफोर्ड कलेजलाई सो अवार्ड प्रदान गरिएको हो ।

सोहि अवसरमा ३८ वर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा पुर्याएको नेतृत्वदायी भूमिका अनुसन्धान, व्यवस्थापनको कदर गर्दै कलेजका प्राचार्य प्रोफेसर ईन्जिनियर हरिप्रसाद भण्डारीलाई एजुकेशनल लिडर अफ द इयर २०२४ बाट सम्मान गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजुकुमार थपलिया प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा मधेष विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर  दिपक बहादुर शाक्य मुख्य निर्णयकर्ताको भूमिकामा रहनु भएको थियो । सो अवसरमा  अष्ट्रेलियन  युनिर्भसीटीका प्रतिनिधी, नेपाली दुतावासका प्रतिनिधी लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता हिसानका केन्द्रीय उपाध्यक्ष रामहरी सिलवालले गर्नुभएको थियो ।

कार्यक्रमको ब्यवस्थापन संयुक्त रुपमा कलेज रिडरका कार्यकारी निर्देशक जितेन्द्र घिमिरे र अष्ट्रेलियन नेशनल युनिर्भसीटी क्यानभेराले गरेको थियो ।

May be an image of 4 people and people studying

तपाईको प्रतिक्रिया