गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) मा स्नातकोत्तर तहमा स्टक्चरल इन्जिनियरिङको पढाइ सुरु हुने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अक्सफोर्ड कलेजले स्टक्चरल इन्जिनियरिङको पठनपाठन सुरु गर्न लागेको हो ।
कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले कलेजले मास्टर्समा नयाँ कार्यक्रम (STRUTCURAL ENGINEERING ) पठनपाठन सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । मंसिरको पहिलो सातादेखि नियमित रुपमा सो विषयको पढाई सुरु हुने प्राचार्य भण्डारीले बताउनुभयो । कलेजका अनुसार पोखरा विश्वविद्यालयले कलेजलाई स्टक्चरल इन्जिनियरिङको कक्षा सञ्चालनका १३ जना विद्यार्थीको सिटसंख्या तोकेको छ ।
STRUTCURAL ENGINEERING को पढाई सुरु गर्ने अक्सफोर्ड चितवन र यसआपासको पहिलो कलेज बन्न सफल भएको छ । बिई सिभिल सकेका विद्यार्थीहरुले मास्टर्समा STRUTCURAL ENGINEERING विषय पढ्न सक्ने कलेजका एमएमसी कार्यक्रम संयोजक डाक्टर प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
यसैविच कलेजले शनिबार STRUTCURAL ENGINEERING मा भर्ना भएका विद्यार्थीहरुका लागि लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका डिन प्रोफेसर राजेशकुमार ठगुराठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रोफेसर गोविन्द प्रसाद लामिछाने, डाक्टर बसन्त अधिकारी, अक्सफोर्ड कलेजका सहायक प्राचार्य तिलकराम पन्थी लगायतले बोल्नु भएको थियो ।



उज्यालो खबर




