गैँडाकोट- कालीगण्डकी करिडोरको गैँडाकोट र बुलिङटार जोड्ने तरङ्ग खोलामा बाढीका कारण सडक अवरुद्ध भएपछि बुलिङटार गाउपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी गाउपालिकाको डोजर लिएर डाईभर्सन मार्फत सडक खुलाउनका लागि खोलामै खटिएका छन् ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेको भन्दै बुलिङटार गाँउपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी गाउपालिकाको डोजर लिएर तरङ्ग खोलामा खटिएका हुन् ।आज दिउसोसम्म सडक खुलाउने प्रयास भैरहेको छ ।