गैँडाकोट -नवलपुरको गैँडाकोटमा मूख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी सस्थाका सदस्यले कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन्।उक्त छुट उपलब्ध गराउने गरी अस्पताल र सहकारीबीच सम्झौता भएको अस्पतालका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।
सम्झौतापत्रमा अस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर राजेश कुमार यादव र सहकारीका अध्यक्ष भोजराज पौडेलले हस्ताक्षर गर्नुभएको छ । किसान सहकारीमा ९० हजार बढी सेयर सदस्य छन् ।