×

बुटवल-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नुपर्नेमा उल्टै क्लिन चिट पाएको हल्ला गर्नु उचित नभएको बताएका छन्।प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले सहकारी अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन्।

अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले,झ उनले भने, ञसहकारीको रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गरिनुपर्छ।’उनले सहकारीको सदस्य नरहेका व्यक्ती र कम्पनीलाई लगानी गर्न नमिल्ने बताए। ‘अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टी भयो। बीना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो । बीना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हो,झउनले भने।

महासचिव पोखरेलले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन कति सफल, कति असफल उनले गरेका कामहरु हेर्नुपर्ने बताए। देशभरका महानगरपालिका मध्य सबैभन्दा कमजोर छ काठमाडौं।‘हेर्ने त त्यहि होला निझउनले भने, ‘राजधानी सबैको सुरक्षित स्थल हुन सकेन । गरिब, निमुखाको काठमाण्डौं हुन सकेन।

बालेनको चर्चाको आधार अराजकता भएको पनि उनले बताए।ञअराजक बिद्रोही चरित्रलाई आदर्श मान्ने प्रवृत्ति बढ्न थाल्या । यो राम्रो संकेत होइन,झ उनले भने, ञआफूलाइ जे मन लाग्यो त्यहीँ गर्ने कुरा राजनीति होइन ।

तपाईको प्रतिक्रिया