भरतपुर- चितवनको भरतपुर असोज १ गतेदेखि वडादशैं जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । चितवन उद्योगसंघ उद्योग संघको आयोेजनामा चितवन प्रदर्शनी केन्द्रमा असोज २४ गतेसम्म मेला आयोजना हुन लागेको हो ।स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको आज ९शनिवार० पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी दिइएको छ ।
मेलामा आठ कम्पनीका नौं वटा ब्राण्डका जुत्ता प्रदर्शनीमा राखिने सह– आयोजक संस्था बेस ग्लोबल प्रा।लिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो । मेलामा ४० वटा स्टल रहने उहाँले बताउनुभयो ।नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज,जेन्स,बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
मेलामा करिब ३० हजार जोर जुत्ता,चप्पलको बिक्री हुने हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । प्रत्येक दिन जुत्ता चप्पल खरिद गर्ने ग्राहकलाई कुपनको ब्यवस्था गरिएको उपाध्यायले जानकारी दिनुभयो । उहाँले जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने बताउनुभयो ।यस्तै मेलामा सहभागि मध्येबाट लक्की ड्र मार्फत खोलिने कुपनहरुबाट एक जनालाई ५० हजार बराबरको खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।
स्वदेशी जुत्ता चप्पलको बारेमा आम उपभोक्तालाई जानकारी गराउन र स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचारप्रसार गर्न यो मेलाले सहयोग पु¥याउने चितवन संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मेलाले आर्थिक रुपमा चलायमान गराउँदै उद्यमी विच स्वच्छ प्रतिस्पर्धा गर्ने अवसर समेत प्रदान गर्ने बताउनुभयो ।



उज्यालो खबर




