×

चितवन । चितवनमा नहरमा डुवेर एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २ स्वामीचोक नजिकै रहेको सिचाइको नहरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउपालिका वडा नं. ८ चिप्लेटी स्थायी घर भएका १० बर्षका एल्सन परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एल्सन आफ्नी आमा सोनि परियार सँग भरतपुरको बसेनीमा डेरामा बस्दै आएका थिए ।

आज दिउसो सवा ३ वजे नहरमा डुवेर गम्भिर अवस्थामा उद्धार गरि भरतपुर अस्पताल लगिएका उनको साँझ सवा ५ वजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया