चितवन–पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको राप्ती नगरपालिका–५, स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किदा १० जना यात्रु घाइते भएका छन् । आज विहान करिव २ः३५ बजेको समयमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बस र सोही दिशाबाट जाँदै गरेको ट्रक ठोक्किदा बसमा सवार १० जना घाइते भएका हुन् ।
घाइते मध्ये ७ जनाको अवस्था मध्यम रहेको छ भने ३ जनाको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारी साधन, बस चालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ बस्ने बर्ष ४० का सन्तोष कुमार यादव र ट्रक चालक रामेछाप साङटार गाउँपालिका–२ बस्ने बर्ष ३५ का निर कुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।
पुरानो मेडिकल कलेजमा उपचारः
१.जि।सप्तरी खड्क न.पा.२ बस्ने बर्ष २३ को हलेश्वर मण्डल
२. जि।मोरङ सुनसरी न.पा.४ बस्ने बर्ष ४० को मनरथ सार्की
३. ऐ।ऐ। लेटाङ न.पा.५ बस्ने बर्ष २४ को धिरज न्यौपाने
४. जि।सुनसरी कन्चनरुप न.पा.१ बस्ने बर्ष ३८ को सनतन चौरासीया
–एलाइभ हस्पिटलमा उपचारः
५. जि.सप्तरी शम्भुनाथ गा.पा.१२ बस्ने बर्ष २८ को दयाराम मण्डल
६. जि.सुनसरी गढि गा.पा.५ बस्ने बर्ष २० को राजदेव साह
७. जि.ईलाम देउमाई न.पा.४ बस्ने बर्ष ४० सोम राई
८. जि.मोरङ रंगेली न.पा.२ बस्ने बर्ष २५ को मोहमद अजिम
९. जि.सप्तरी सुरुंगा न.पा.९ बस्ने बर्ष २३ को अरविन्द कुमार यादव
१०. देश भारत दार्जलिङ बस्ने बर्ष २४ को आषिक भुजेल

उज्यालो खबर