×

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् ।आज सुरु स्थायी कमिटी बैठकमा उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए ।

उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘अघिल्लो सरकारले गरेको सुशासनको काम, भ्रष्टाचारविरोधी काम अगाडि बढाउनको सट्टा राम्रा कामहरूमा पनि अवरोध सिर्जना गर्ने काम भइरहेको छ ।’उनले बंगलादेशमा घटेको घटनाले नेपालमा पर्ने असर र प्रभावको ख्याल गर्दै त्यसबाट शिक्षा लिनुपर्ने बताए । प्रवक्ता सापकोटाले जनताका समग्र समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

 

तपाईको प्रतिक्रिया