
गैँडाकोट – नेकपा (एमाले) गैँडाकोट नगरपालिका वडा नं.१ को अध्यक्षमा धुव्रप्रसाद अधिकारी चयन हुनुभएको छ । पार्टीको शनिवार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो ।कमिटीको उपाध्यक्षमा नरेश आचार्य, सचिवमा सन्तबहादुर रानाभाट, उपसचिवमा पूर्णकला पौडेल, ऋषिराम न्यौपाने रहनुभएको छ ।
त्यसैगरी कमिटीको सदस्यहरुमा बालकृष्ण नेपाली, छलिमाया बिक, राजु ढकाल, नवराज सुनार, जयनारायण शर्मा, इन्द्रकुमारी पौडेल, संसारी विश्वकर्मा, गोमा पौडेल, सिता लम्साल, मञ्जु लम्साल, शिवचन्द्र न्यौपाने, इन्द्रमाया मल्ल, निर्मला ढकाल, कमला मरहठ्ठा, आशा कुमारी सिंजाली र विष्णु प्रसाद सिग्देल रहनुभएको छ ।
नेकपा एमाले गैँडाकोट वडा नं. १ का कार्यबाहक अध्यक्ष दुर्गादेवी पौडेलको अध्यक्षता तथा पार्टीका प्रदेश कमिटी सदस्य एवंम् गैँडाकोट इन्चार्ज छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका नगर तथा जिल्ला तहका नेताहरुले पार्टीलाई आगामी निर्वाचनसम्म थप गतिशिल बनाउनु पर्ने धारणा राखेका थिए ।