गैँडाकोट । नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन् । बौदीकाली गाउपालिका वडा नं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की र मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियार खोलाले बगाएर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ ।
कार्कीलाई मेला जाने क्रममा बौदीखोलाले आज मध्यान्न १२ः४० वजे र परियारलाई स्थानीय उल्टी खोला तर्ने क्रममा मध्यान्न १२ वजे खोलाले बगाएको हो । बेपत्ता भएका हरुको इलाका प्रहरी कार्यालय डेडगाउ र कोल्हुवा प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास सुरु गरेको छ ।

उज्यालो खबर